Logo

आफ्नै कार्यशैलीले एक्लिए भट्टराई



 

काठमाडौं ६ भदौ । डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका बाबुराम भट्टराई पार्टीमा एक्लिदै गएका छन्। यो खबर भुवन शर्माले आजको नागरिकमा लेखेका छन्।

अहिले प्रासयः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन्। सोमबार नयाँ शक्तिको स्घीय परिषदका करिब सय जना सदस्यले नयाँ शक्ति छाडेर देवेन्द्र पौडेलले ग७न गरेको ध्रीवीकरण संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका छन्। यसैगरी आइतबार संघीय परिषदका २०६ सदस्यले विज्ञप्ति जारी गर्दै संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका थिए। हालै मात्र नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल पासाङ शेर्पा लगायतका अन्य पार्टीमा प्रवेश गर्न ध्रुवीकरण संयोजन समिति गठन गरेका छन्।

नयाँ शक्तिमा करिब ९ सय सदस्यीय संघीय परिषद छ।



प्रतिक्रिया दिनुहोस्