Logo

क्यान्सरपीडित सनम बचाउ अभियान



इलाम, ६ भदौ । फोक्सोको क्यान्सरबाट पीडित बनेका इलाम देउमाई नगरपालिका– ८ का सनम पुलामी मगरको उपचारका लागि चन्दाबाट १० हजार रकम संकलन भएको छ ।

मुटु र फोक्सोको बिमारीले आजित बनेका सनमलाई घरको आर्थिक स्थिति कमजोर भएपछि इलाम नगरपालिका र सूर्योदय नगरपालिकाबाट रकम संकलन गरिएको हो ।

सनमका छिमेकी सुशान्त चापागाईंका अनुसार उपचारका लागि १० लाख लाग्ने र उपचार खर्च जुटाउन समस्या भएकाले ‘सनम पुलामी मगर बचाउ अभियान’ नै सञ्चालन गरेर सहयोग संकलन गर्न थालिएको हो ।

अठार वर्षीय सनमको मुटु र फोक्सोको समस्या एकैचोटी देखिएको र मुटुको शल्यक्रिया गर्दैमा मात्र रु चार लाख खर्च भइसकेको सुशान्तले बताउनुभयो । सुशान्तका अनुसार इलाम नगरपालिका र अन्य क्षेत्रमा पनि रकम संकलन गर्ने योजना रहेको समेत उहाँले सुनाउनुभयो ।

कक्षा–१० मा पढ्दै गरेका सनमको मुटुमा एक्कासि समस्या देखिएको र अस्पतालमा जाँच गर्दा फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो । सनमको भरतपुरको क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्