Logo

बिधान पारितगर्न क्यानको विशेष साधारणसभा



काठमाडौं ६ भदौ। नेपाल क्रिकेट संघको प्रस्तावित विधानबारे छलफल गर्न आजदेखि संघको बिशेष साधारणसभा सुरु भएको छ ।

आन्तरिक विवाद चरमोत्कर्षमा पुगेपछि डेढ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन गरेको थियो । त्यस यता गठन गरिएको सल्लाहकार समूहले तयार पारेको बिधान पारित गराउनका लागि साधारणसभाको आयोजना गरिएको हो ।

क्यानको निर्वाचित कार्यसमितिलाई बहिस्कारगर्दै राष्ट्रिय खेलकुद परिषदले नयाँ समन्वय समिति गठन गरेपछि क्रिकेट भित्रको विवादले चरम आकार लिएको थियो ।



प्रतिक्रिया दिनुहोस्