Logo

ओलीले देउवालाई दिए १ करोडको चेक



काठमाडौं ७ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढी पीडितको राहतका लागि १ करोड रुपैयाँको चेक प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेका छन् ।

एमाले सांसदहरुले जम्मा नगरेको एक महिनाको तलब बराबरको ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँको चेक ओलीले हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका लागि उपाध्यक्ष वामदेव गौतम, प्रमुख सचेतक भानुभक्त ढकालसहितका नेताहरुलाई लिएर ओली प्रधानमन्त्री कार्यालय पुगेका थिए ।

भेटमा ओलीले पीडितको राहत र पुनर्स्थापनाका लागि रकम सदुपयोग हुने विश्वास व्यक्त गरे ।

एमालेले जनवर्गीय संगठनको अलग अलग समूह बनाएर यसअघि नै औषधि, खाद्यान्न, लत्ताकपडासहितको टोली पठाएको थियो ।



प्रतिक्रिया दिनुहोस्