Logo

त्रिविका उपकुलपतिसहित तीन पदाधिकारी थुनिए



 

काठमाडौं ७ भदौ । आन्दोलनरत आंशिक प्राध्यापकहरूले त्रिविका उपकुलपतिसहित तीन पदाधिकारीलाई मंगलबार साँझ बल्खुमा थुनेर राखेका छन्। जनप्रशासन क्याम्पसमा साँझ ४ बजेदेखि त्रिविका उपकुलपति, रजिष्टार र रेक्टरलाई आफूहरुले थुनेर राखेको आंशिक प्राध्यापक बिष्णु बस्यालले सेतोपाटीलाई बताए।

‘हामीहरु उहाँहरुलाई भेट्न त्रिविमै गएका थियौं तर कार्यालयमा भेटिनु भएन, यहाँ बैठक बस्दै हुनु हुँदोरैछ, अहिले यहीँ आएर घेरर बसेका छौं,’ बस्यालले भने।

आंशिक प्राध्यापकलाई करारमा नियुक्त गर्नु पर्ने माग गर्दै २९ दिनदेखि देशभरिका आंशिक प्राध्यापक उपकुलपति कार्यालयको गेटमा रिले अनसन बसेका छन्।

‘सरकारसँग २०६५ मै आंशिकलाई करार बनाउने सम्झौता भएको थियो त्यो अहिलेसम्म पनि लागु भएन,’ बस्यालले भने, ‘नयाँ रिर्पोट बनाउने भनेर समिति बनाएको पनि दुई हप्ता भइसक्यो। अहिलेसम्म रिर्पोट पनि नबनेकाले बाध्य भएर उहाँहरूलाई थुनेका हौं।’



प्रतिक्रिया दिनुहोस्