Logo

‘स्वायत्त मधेस प्रदेश’ राजपाले फेरि ब्युँतायो



 

काठमाडौं ८ भदौ । असन्तुष्ट पक्षको सहभागिताविना बसेको राजपा पदाधिकारी बैठकले स्वायत्त मधेस प्रदेश एवं आत्मनिर्णयको अधिकारसहित चुनावमा जाने निर्णय गरेको छ ।

गलबारदेखि सुरु भएको राजपा पदाधिकारी बैठकले बुधबार सडकदेखि संसद्सम्मको आन्दोलनसहित प्रदेश नं. २ को चुनावमा जाने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । ।

राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले राज्य र प्रमुख पार्टीको बेइमानीविरुद्ध मधेस स्वायत्त प्रदेश, आत्मनिर्णयको अधिकारसहितका माग लिएर चुनावमा जाने निर्णय भएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्