Logo

नेपाली बलात्कार गर्ने मालिकले तिरे सात लाख



 

काठमाडौं ८ भदौ । ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० बर्षकी नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् ।

रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता लिएर नेपाल फर्किएकी छन् । यूएईको अलऐनसँग सीमा जोडिएको बुरुएमीमा उनी सात महिनादेखि घरेलु कामदारका रुपमा कार्यरत थिइन् ।

बलात्कारपछि उनलाई उपचारका लागि आठ दिनसम्म अस्पतालमा राखिएको थियो । आजको कान्तिपुरमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्