Logo

नेपालको पेट्रोलियम बजार कब्जा गर्ने भारतीय दाउ, देउवासँग राखियो यस्तो प्रस्ताव



 

काठमाडौं ९ भदौ । भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको इन्धन बजारमा एकाधिकार जमाएको भारतले यहाँको आन्तरिक विक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो । नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालमा सयवटा पेट्रोल पम्प खोल्ने प्रस्ताव गरेका छन् ।

नेपालको वैदेशिक लगानी नीतिविपरीत राज्यमन्त्री प्रधानले भारत सरकार स्वामित्वको इन्डियन आयल कर्पोरेसनमार्फत नेपालमा नयाँ पम्प सञ्चालन गर्ने प्रस्ताव राखेका हुन् । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्