Logo

सर्वोच्चको आदेशअनुसार नेशनललाई सम्वन्धन दिएको त्रिवि स्पष्टिकरण



काठमाडौं, ९ भदौ । त्रिभुवन विश्वविद्यालयले सर्वोच्च अदालतको आदेश अनुसार नै नेशनल मेडिकल कलेज सञ्चालनको अनुमति दिएको स्पष्ट पारेको छ ।

कांग्रेस सांसद एवम् पूर्वशिक्षामन्त्री गगन थापाले नेशनल मेडिकल कलेजको अनुमति खारेज गर्न माग गर्दै संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेपछि त्रिविको यस्तो भनाई आएको हो ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति निकालेर विगतमा सर्वोच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रको व्यवहोरा अनुसार नै नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको स्पष्ट पारेको छ ।

त्रिवि कार्यकारी परिषदले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४र७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्वन्धन दिएको थियो ।

त्रिविद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न पर्दैन भनी आधिकारिक निकायबाट लिखित निर्देशन प्राप्त भएमा त्रिवि कार्यकारी परिषदको मिति २०७४र०४र१२ को निर्णयमा पुनर्विचार गर्न सकिने कुरा सम्वन्धित सबैमा जानकारी गराइन्छ ।’



प्रतिक्रिया दिनुहोस्