Logo

श्रीमतीले हानेको लाठीले श्रीमानको मृत्य



काठमाडौं १० भदौ । श्रीमतीको लाठी प्रहारबाट मेलुङ गाउँपालिकास्थित भेड्पु निवासी कर्णबहादुर तामाङको मृत्यु भएको छ । तीज पर्वको दिन बिहीबार बेलुकीपख सन्जी तामाङले श्रीमान कर्णबहादुरलाई लाठी हानेकी हुन् ।

मादक पदार्थ सेवन गरेको निहँुमा भएको झगडाको क्रममा कर्णबहादुरको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

रक्सीले मात्तिएर घर आएका कर्णबहादुरले बुहारी विपना थोकरसँग थप मादक पदार्थ मागेको र नदिएपछि बुहारीमाथि नै हातपात गर्न थालेपछि ६० वर्षीय सन्जीले लाठ्ठीले हानेको प्रहरीले लिएको बयानबाट खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्