Logo

साउथवस्ट्रन भुतपूर्व विद्यार्थी समाजद्धारा राहत वितरण



काठमाडौं, १० भदौ । साउथवस्ट्रन भुतपूर्व विद्यार्थी समाजले वाढीपीडितका लागि संकलित राहत हस्तान्तरण गरेको छ ।आज समाजले साउथवष्ट्रन कलेजमा एक कार्यक्रम आयोजना गरि वाढीपीडितका लागि संकलित राहत सामाग्रीहरु हिमशिला फाउण्डेशनका अध्यक्ष प्रविण भुसाललाई हस्तान्तरण गरिएको हो ।

खाद्यान्न, लत्ताकपडा र भाडाकुडा गरि करिब १ लाख पचास हजार रपैंया बराबरीको समाग्रीहरु रहेका छन् ।संकलीत राहत सामाग्री तराईको अति वाढी प्रभावित क्षेत्र सुनसरीको दुवी नगरपालीकामा प्रमुख जिला अधिकारीको समन्वयमा वितरण गर्ने समाजका अध्यक्ष नविन चापागाईले बताए ।

संकलीत राहत सामाग्री १ सय घरपरिवारलाई वितरण गर्ने उनले जानकारी दिए । कायक्रममा साउथवष्ट्रन कलेजका अध्यक्ष वासुदेव विष्टले यस्ता

राहत संकलनका कार्यक्रम गनुपर्ने अवस्था आउनु दुःदख् भएको बताए । यस्तो प्रकोपमा परेकालाई उद्धार र राहतको लागि आफु संधै तत्पर रहने र अरुलाई पनि तप्पर रहन आग्रह गरे ।

कार्यक्रममा राहत सामाग्रीहरु बुझ्दै हिमशिला फाउण्डेशनका अध्यक्ष प्रविण भुसालले संकलीत सामाग्रीहरुलाई व्यवस्थित र मर्यादित तरीकाले जिल्लाको समन्वयमा वितरण गर्ने बताए ।

उनले सामाग्रीहरु समाजका साथीहरुले अतिनै संघर्ष गरेर संकलन गरेको बताउँदै यसलाई कुनै अनियमिकता हुन नदिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम समाजका सचिव रमेश मल्लले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्