Logo

संविधान संबन्धी अभिब्यक्ति छाडेर प्रधानमन्त्रीको भ्रमण सफलः गजुरेल



काठमाडौ, १० भदौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले भारतीय प्रधानमन्त्रीले संविधान अनुसार भएको निर्वाचनको सफलताको लागि बधाई र आगामि चुनावको सफलताको लागि शुभकामना दिनु संविधानलाई स्विकार्नु नै भएकोले यसअर्थमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको बताएपनि आफ्नो देशको संविधानको विषय अर्को देशमा गएर बोल्नु भने उपयूक्त नभएको टिप्पणी गरेका छन ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै गजुरेलले भने,‘ प्रधानमन्त्री कुटनीतिक मर्यादा भन्दा बाहिर जाँदा विवाद भयो, भविष्यमा संविधानको संसोधन फेरि गर्छु भन्नु ठिक भएन ।’

गजुरेलले दुई मुलुकविचको सम्बन्धमा तिक्तताको विच सम्बन्ध सुधारको दृष्टिकोणले भ्रमण सफल भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आक्रोस सत्ता बाहिर रहनु पर्दाको पीडताको रुपमा आएको आरोप लगाए । उनले भने,‘संविधानप्रतिको अभिब्यक्तिबाहेक प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण समग्रमा सफल भएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot