Logo

जनताको भावना अनुसारकै प्रधानमन्त्रीको स्वागत योग्य अभिब्यक्तिः कर्ण



काठमाडौ, १० भदौ । राजपाका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले नेपाली जनताको भावनाको र हितको रुपमा प्रधानमन्त्रीले भारत भ्रमणको बेला बोलेको संविधान सम्बन्धी विषय उपयूक्त भएको भन्दै दे बचाउन आदिबासी जनजाति, थारु र मधेसीलाई साथमा लिएर संविधानलाई सर्वस्विकार्य बनाउँछु भन्ने कुराको विरोध गर्नुको तुक नरहेको तर्क गरेका छन ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता कर्णले भने,‘ प्रधानमन्त्रीको अभिब्यक्ति उपयूक्त हो, हामी त्यसको स्वागत गर्छौ । एमालेको अभिब्यक्ति बेतुकको छ, उ नेपालको समस्या समाधान गर्न चाहदैन भन्ने प्रष्ट भएको छ ।’

९० प्रतिसतले बनाएको सविधानप्रति अहिले ६१ प्रतिसतले असहमति ब्यक्तगरेकोले यसलाई आफूहरुले ३५ बुँदे संसोधनको रुपमा आफूहरुले निर्वाचनमार्फत जनतामा लिएर जाने भन्दै कर्णले निर्वाचनलाई पनि आफूहरुले आन्दोलनकै रुपमा अघि बढाउने बताए ।

उनले तराईको बाढीलाई लिएर भारतको आलोचना भएको प्रति असन्तुष्टी ब्यक्तगर्दै भने,‘खोला हाम्रो, पानी हाम्रो अनि बाढी चाँही भारतको हुने ? सीमामा बाध छ भने त्यो कुटनीतिक रुपमा हल गर्नुपर्छ । यहाँ जे विषयलाई लिएर पनि भारतको विरोध गर्दा राष्ट्रबादी हुने चलन छ त्यो उचित होईन।’

कर्णले चुरे फडानीले तराई मरुभूमिकरण हुँदै गएकोले यस विषयमा दिर्घकालिन समाधानको उपाय अपनाउनु पर्ने भन्दै यस्तै अवस्था रहे १० वर्षमा मधेसमा मरुभूमिकरण हुने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्