Logo

कालिकोट राष्कोट नगरपालिकामा प्रधानाध्यापक माथि आक्रमण



काठमाडौ, १० भदौ । कालिकोट जिल्ला राष्कोट नगरपालिकाको वडा नं २ स्थित सेराचौरमा रहेको मोतिराम मा.बि.का निमित्त प्रधानाध्यापक धर्मसिँह नाथ योगी माथि हातपात भएको छ ।

विद्यालय ब्यबस्थापन समिति गठन नभएको र बिधालयका निबर्तमान प्रधानाध्यापक दान बहादुर बमले राजिनामा दिई सकेपछि निमित्त प्र. योगीलाई अनुकुल काम नगरेको भन्दै स्थानिय केही व्यक्तिले उनीमाथि हातपात गरेका हुन् ।

आफु अनुकुल कामगर्न दबाफ दिएको र स्थानिय जनप्रतिनिधी समेत अधिकांश अभिभाभकहरु समेत गाउँमा नभएको अबस्थामा गत असार १६ गते रातारात विद्यालय व्बस्थापन समिति गठन गर्न खोजेको र आफ्ना खर्चहरु अनुमोदन गराउन खोजेको गतसाल साबिकको नेपाली कांग्रेसको छैटौं गाउँ कार्य समितिको अधिबेशन मध्यरातमा कब्जा गरेजस्तै गर्न खाजेको पीडित पक्षको आरोप छ ।

रेडियो नेपाली आवजका अध्यक्ष अशोक योगीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘निमित्त प्रधानाध्यापक योगीले नमाने पछि र निबर्तमान अभिभाभक संघका अध्यक्ष पदम नाथ योगीले समेत दान बमको अनियमिततागर्ने अभियानमा साथ नदिए पछि र अन्य राजनैतिक दल र अभिभाबकले आर्थिक हिनामिनाको हिसाब किताब स्पष्ट आउनुपर्छ भनि माग गरिरहेका बेला अनुमोदन नगन निर्णय गरे पश्चात छटपटिएर सहमति र पाटीगत भागबण्डाका आधारमा पुन आफु वा आफ्ना प्यादाहरुलाई बिधालय ब्यबस्थापन समितिमा घुसाउन खोज्दै ब्यबस्थापन समिति गठन प्रक्रियालाई नै अबरुद्ध पार्न खोजेको कतिपय राजनैतिक दललाई फुटाउने फकाउने हर प्रयत्न गर्दा पनि प्रक्रिया अगाढी बढे पछि भदौ ४ गते बाट सहमति भन्दै निरन्तर चलिरहेको बैठक र बिधालय संचालन भएको अबस्थामा भाद्र ९ गते दिउसो १ बजेको बिधालय समयमा निबर्तमान प्र.अ. दान बहादुर बमको नेतृत्वमा उनका भाई भतिजा धर्मबम बिर बम लगायतको टोली बिधालयमा प्रबेश गरी निमित्त प्र.अ. धर्म्सिंह नाथ योगी लाई आर्कमण गरि मार्ने योजना बनाई आततायी र आतंककारी गतिबिधी सहितको योजनामा संलग्न रहि आर्कमण गरेको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछु ।’ प्रेस विज्ञप्ति जस्ताको त्यस्तै

प्रेश विज्ञप्ति
बिधालयको अनियमितता ढाकछोप गर्न सार्बजनिक स्थलमा ज्यान मार्ने उघोगसहित गरिएको आर्कमणको घोर निन्दा र भत्सना सहित सार्बजनिक अपराध ऐन अन्त्रगत हदै सम्मको कार्बाहीका लागि अपिल ,,,

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाको वडा नं २ स्थित सेराचौरमा रहेको मोतिराम मा.बि.मा हाल सम्म बिधालय ब्यबस्थापन समिति गठन भएको थिएन र बिधालयका निबर्तमान प्रधानाध्यापक दान बहादुर बमले राजिनामा दिई सके पछि अहिले सम्म बजबुजारथ र आर्थिक हिसाब किताब समेत भएको थिएन ।
हाल बिधालयमा निमित्त प्रधानाध्यापक रहेका धर्म्सिंह नाथ योगी लाई पटक पटक आफु अनुकुल काम गर्न दबाफ दिएको र स्थानिय जनप्रतिनिधी समेत अधिकांश अभिभाभकहरु समेत गाउामा नभएको अबस्थामा गत असार १६ गते राता रात समिति गर्न खोजेको र आफ्ना खर्चहरु अनुमोदन गराउन खोजेको गतसाल साबिकको नेपाली कांग्रेसको छैटौं गाउँ कार्य समितिको अधिबेशन मध्यरातमा कब्जा गरेजस्तै गर्न खाजेको र सो कुरा निमित्त प्रधानाध्यापक योगीले नमाने पछि र निबर्तमान अभिभाभक संघका अध्यक्ष पदम नाथ योगीले समेत दान बमको अनियमितता गर्ने अभियानमा साथ नदिए पछि र अन्य राजनैतिक दल र अभिभाबकले आर्थिक हिनामिनाको हिसाब किताब स्पष्ट आउनु पर्छ भनि मागि गरिरहेका बेला अनुमोदन नगर्ने निर्णय गरे पश्चात छटपटिएर सहमति र पाटीगत भागबण्डाका आधारमा पुन आफु वा आफ्ना प्यादाहरुलाई बिधालय ब्यबस्थापन समितिमा घुसाउन खोज्दै ब्यबस्थापन समिति गठन प्रक्रियालाई नै अबरुद्ध पार्न खोजेको कतिपय राजनैतिक दललाई फुटाउने फकाउने हर प्रयत्न गर्दा पनि प्रक्रिया अगाढी बढे पछि भदौ ४ गते बाट सहमति भन्दै निरन्तर चलिरहेको बैठक र बिधालय संचालन भएको अबस्थामा भाद्र ९ गते दिउसो १ बजेको बिधालय समयमा निबर्तमान प्र.अ. दान बहादुर बमको नेतृत्वमा उनका भाई भतिजा धर्मबम बिर बम लगायतको टोली बिधालयमा प्रबेश गरी निमित्त प्र.अ. धर्म्सिंह नाथ योगी लाई आर्कमण गरि मार्ने योजना बनाई आततायी र आतंककारी गतिबिधी सहितको योजनामा संलग्न रहि आर्कमण गरेको घटनाको घोर निन्दा र भत्सर्ना गर्दछु । घटनास्थलबाट उम्केर आईसके पछि रास्कोट प्रहरी चौकी, जिल्ला प्रशाशन कार्यालयमा प्रजिअलाई र नजिकको प्रहरी चौकीलाई जानकारी गराई लिखित निदेशन पेश गरिसकिएको छ ।

शान्ति क्षेत्र र सार्बजनिक स्थल बिधालयमा आई आर्कमण गर्ने दान बहादुर बम लगायतको अपराधिक जत्थालाई सार्बजनिक अपराध ऐन अन्र्तगत हदैसम्मको कार्बाहीको माग गर्दे सम्माननिय जिल्ला अदालत,जिल्ला प्रशाशन कायाृलय, जिल्ला शिक्षा कार्यालय, शिक्षक महासंघ केन्द्रिय समिति र जिल्ला समिति, राष्टिय मानबअधिकार आयोग, शिक्षा क्षेत्रमा काम गर्ने अन्र्तराष्टिय तथा राष्टिय संघ संस्थाहरु र संचार जगतको गम्भीररुपमा ध्यान आर्कषण सहित अनियमिता लुकाउन र थप अनियमितता गर्ने अभिप्रायले बिधालय जस्तो शान्ति क्षेत्रमा सार्बजनिक रुपमा बिधालयमै आई नि.प्रअलाई आर्कमण गरिएको निन्दनिय र सार्बजनिकरुपमा अधराधिक गति बिधी गरि ज्यान मार्ने उद्धेश्य सहितको कार्यको हदै सम्म कार्बाही गरी शान्ति सुरक्षा रहित मानिसले बाँच्न पाउने अधिकारको संरक्षण गरि पाउँ भनि यो अपिल गर्दछु ।

अशोक नाथ योगी २०७४ भाद्र ९ गते

      अध्यक्ष
रेडियो नेपाली आवाज



प्रतिक्रिया दिनुहोस्