Logo

प्रधानमन्त्री देउवा आज स्वदेश फर्किदै



काठमाडौं ११ भदौ ।  भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किदै हुनुहुन्छ । राजनीतिक भेटघाट सकेर थिर्थाटनमा निस्किनु भएका प्रधानमन्त्री देउवा भारतको बोधगया पुग्नु भएको छ । प्रधानमन्त्री देउवाले आज गयास्थित महाबोधी मन्दिर दर्शन गर्ने कार्यक्रम छ । उहाँ त्यहाँबाट अपराह्न ३ बजे दिल्ली जाने र दिल्लीबाट आजै साँझ ८ बजे काठमाडौं फर्किने कार्यक्रम छ । दिल्लीमा रहँदा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्रीलगायतका नेता र उच्च अधिकारीसँग छलफल गर्नु भएको थियो ।

नेपाल भारतका बीचमा आठबुँदे सहमति भएको छ भने ४६ बुँदे सयुक्त वक्तव्य जारी गरिएको छ । भारतको पाँचदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा र विहारका मुख्यमन्त्री नीतीश कुमारबीच हिजो साँझ भएको भेटमा यस्तो समझदारी बनेको हो । भेटवार्तामा सहभागी भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायका अनुसार बाढीको अल्पकालीन तथा दीर्घकालीन समाधानका लागि कदम चाल्ने विषयमा दुई पक्षबीच उपलब्धिमूलक छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्