Logo

काठमाडौं ताहाचलमा ‘ग्याङफाइट’ एकजनाको मृत्यु, पाँच घाइते



काठमाडौं १२ भदौ । ताहचलको बैदेशिक रोजगार कार्यालय छेउमा पसल राख्ने सम्बन्धी विवाद भएको ‘ग्याङफाइट’मा एकजनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।आक्रमणमा बाफलका राजु भनिने रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । ताहचलको बैदेशिक रोजगार कार्यालयमा श्रम भर्न जानेहरुका लागि विमा गर्ने तथा फर्म भन्ने पसल संचालन गर्ने तयारीमा थिए श्रेष्ठ ।तर, साथीहरुले नै गत शुक्रबार बेलुका खुकुरी हानेर उनको हत्या गरे ।

योजनाबद्ध रुपमा भेट्न बोलाएर उनको हत्या भएको छ ।घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये विकास गुरुङ र विवेक खत्री अस्पतालमा उपचार गराइरहेका छन् । अन्य दुई जना सामान्य घाइते छन् ।

 

ताहचलमा विमाको एजेन्टका रुपमा काम गर्ने सुवेदी ‘खैरे’को समूहले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । सुवेदी र उनका सहयोगीहरु राम दर्जी र लक्ष्मण दर्जीविरुद्ध मृतकका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । हत्यामा संलग्न तीनैजना फरार छन् । 



प्रतिक्रिया दिनुहोस्