Logo

अबरुद्ध जलविद्युत परियोजना सूचारु



कौरव खत्रीः गुल्मी १२ भाद्र ।गुल्मीको दरमखोला लघुजल विद्युत परियोजनाको अस्थायी रुपमा विद्युत सेवा सञ्चालन भएको छ । पहिरो बगाएको बाँध तथा नहरलाई अस्थायी रुपमा नहर निर्माण गरेपछि विद्युत सेवा सूचारु भएको विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिनुभयो ।

८५ किलोवाट क्षमता भएको विद्युत परियोजना सूचारु भएसँगै नगरपालिकाको वडा नं. २,७ र ८ र छिमेकी जिल्ला बाग्लुङ्गको बडिगाड गाँउपालिकाको वडा नं.२ गरि ४ वटा वडाका झण्डै ९ सय घरधुरीका उपभोक्क्ताहरुमा विजुली बलेको छ ।

विद्युत सेवा सुचारु भएपछि विजुली बत्ति,उद्योग धन्दा, कलकारखाना, कुटानी पिसानी, सञ्चारमाध्यम लगायत विद्युतीय यन्त्र समेत सञ्चालनमा आएका छन् ।

जलविद्युत परियोजना गत तिन हप्ता अघिदेखि सोही वडाकै बसेरीका विभिन्न ठाँउहरुमा माथिबाट खसेकोे पहिरोले विद्युत नहरको बाँधलाई पहिरो बगाएपछि जलविद्युत परियोजना अबरुद्ध भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot