Logo

भष्ट्रचार अन्त्यगर्न रानीतिक नेतृतव सच्चिनु पर्छ: सभापति उपाध्याय



बुटवल, १२ भदौ । व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्व नै सच्चिनुपर्ने बताएका छन्।

साना देखि ठुला बिकास आयोजनाहरुमा कतै न कतै र कुनै न कुनै किसिमले राजनीतिक दलका शीर्ष नेतृत्वको संलग्नता हुने गरेको भन्दै उनले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्व सच्चिनु पर्नेमा जोड दिए।

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्वारा सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा सभापति उपाध्यायले कर्मचारी संयन्त्रको पुरानो नेतृत्व विस्थापन नगरेसम्म भ्रष्ट्राचार नियन्त्रण सजिलो नभएको बताए।

आर्थिक अनियमिताको बिषयमा सार्वजनिक लेखा समितिले गरेको छानबिनमा कुनै न कुनै किसिमले राजनीतिक नेतृत्वको संलग्नता देखिएको उल्लेख गर्दै उनले सुशासनको मुख्य बाधक राजनीतिक नेतृत्व भएको जीकिर गरे।

नेपालमा नीतिगत रुपमै भ्रष्ट्राचार हुने गरेको उनको भनाई थियो। उनले भने, ‘भ्रष्ट कर्मचारी र राजनीतिक नेतृत्वको मिलेमतोमा बजेट निर्माण, योजना छनौट, ठेकेदार छनौट हुँदै बिकास निर्माणमा भ्रष्ट्राचार हुन्छ।

नलसिङ गाड जलविद्युत आयोजना, एनसेलको कर विवाद, राजश्व मिनाहा, आयल निगम जग्गा खरिद प्रकरणमा पनि राजनीतिक नेतृत्वको प्रत्यक्ष संलग्नता र संरक्षण रहेको ठोकुवा गर्दै लेखा समिति सभापति उपाध्यायले भने, ‘यस्ता ठूला आयोजनामा राजनीतिक दलका नेताको संलग्नता रहेको मैले पाए।

राष्ट्रिय गौरवको आयोजना रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण आयोजना र बुटवल बेलहिया ६ लेन व्यापारीक मार्ग आयोजना निर्माणमा ढिलाइ हुनुमा पनि राजनीति नै जिम्मेवार रहेको दावी गरे।

उनले लेखा समितिले २१ वटा राष्ट्रिय गौरवको आयोजनाहरुको स्थलगत निरीक्ष्ण गरी सातवटै प्रदेशमा सरोकारवाला निकायबीच आयोजनास्थलमै सार्वजनिक सुनुवाई गर्ने योजना बनाएको जानकारी दिए।

नेपालको इतिहासमै पहिलो पटक व्यवस्थापिका संसद अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सिंहदरवार बाहिर रुपन्देहीमा बस्न लागेको उनले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस्