Logo

राष्ट्रिय अक्षर लेखन प्रतियोगिताको पुरस्कार वितरण



काठमाडौं, १३ भदौ । वालबिकास एन्सीमासले आयोजना गरेको प्रथम राष्ट्रिय अक्षर लेखन प्रतियोगिताको सिनियरतर्फ कान्तिपुर स्कूल गोगंबुकी संजिना श्रेष्ठ प्रथम भएकी छन् । उक्त प्रतियोगितामा अद्धितिय स्कुल बनस्थलीकी रिया धिताल दोस्रो र बिद्या विकास बोर्डिङ स्कुल लमजुङकी कृष्टिना घिमिरे तेस्रो भएकी छन् ।

प्रतियोगिताको जुनियरतर्फ गोल्डेन फ्युचर एकेडेमीका साजन मजाकोटी पहिलो, नोभेल एकेडेमी भक्तपुरका स्पर्श काफ्ले दोस्रो र वालज्योति स्कुल लमजुङकी ग्रिष्मा दवाडी तेस्रो भएकी छन् । रिपोर्टस क्लव नेपालमा कार्यक्रमको आयोजना गरेर विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।

सिनियर र जुनियरतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा देशभरबाट बिद्यालय तहका १० हजार बिद्यार्थी सहभागी थिए । नेपालमा अक्षर लेखन शैलीको स्तर बृद्धिको प्रयास स्वरुप बाल विकास एन्सीमासले करिव १ वर्ष लगाएर भरखरै अक्षर लेखन प्रतियोगिता सम्पन्न गरेको हो ।

बिद्यार्थीलाई आकर्षक अक्षर लेख्न प्रेरणा दिन, लेखन शैली अन्तर्रा्िष्ट्रय स्तरको बनाउन र अक्षरमा एकरुपता ल्याउने उद्देश्यले अक्षर लेखन प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ । एन्सीमासले बिगत १३ बर्षदेखि अवाकसको सहयोगमा बालबालिकाको स्मरण शक्ति अभिवृद्धिमा सहयोग र्पुयाउने बिभिन्न कार्यक्रम गर्दै आएको छ । देशभरका करिव एक लाख बिद्यार्थी अक्षर सुधार कार्यक्रमबाट लाभान्वित भएका छन् ।

एन्सीमासले अक्षर मनोबिज्ञान (हेन्डराइटिङ साइकोलोजी)को क्षेत्रमा पनि काम गर्दै आएको छ । अक्षर मनोविज्ञान भनेको ‘अक्षर लेख्ने व्यक्तिको मनोविज्ञान पढ्नु हो ।’ कार्यक्रममा प्रमुख अतिथिका रुपमा अब्बल ब्रेन पावरको रुपमा गीनिज बुकमा नाम लेखाउन सफल अर्पण शर्मा थिए।

उहाँले बिद्यार्थीको स्मरण शक्तिको बिकासका लागि धेरै समय भन्दा रट्नु भन्दा पनि व्यवस्थित तरीकाले ज्ञानलाई दिमागमा भण्डार गर्न सुझाउनुभयो ।  पुरस्कार ग्रहण पछि सम्पूर्ण बिजर्यीहरुले अक्षर लेखन प्रतियोगिताले आफुहरुको लुकेर रहेको प्रतिभाको उजागर गरेको भन्दै खुसी व्यक्त गरे ।

लमजुङको गोल्डेन फ्युचर एकेडेमीका प्राध्यापक रन्जन मोक्तानले एन्सीमासले काठमान्डौ उपत्यका भन्दा बाहिरका बिद्यार्थीको क्षमता अभिवृद्धि गरेकोमा जोड दिनुभयो । वालज्योती आवशीय माध्यामिक बिद्यालयका प्रधानाध्यापक नगेन्द्र पनेरुले अक्षर लेखन प्रतियोगिताले बिद्यार्थीमा शुद्ध सफा र आर्कषक अक्षर लेख्ने बानीको विकास भएको भन्दै प्रशंशा गर्नुभयो ।  एन्सीमासका अध्यक्ष तेजु नेपालले लेखनशैलीलाई अन्तराष्ट्रिय स्तरको बनाउने अभियानमा लागिपरेको बताउनुभयो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot