Logo

महिला हिंसाका घटना न्यूनीकरण गरिनेः राज्यमन्त्री हक



इनरुवा, १४ भदौ । महिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री महमद जाकिर हुसेन हकले देशमा महिला तथा बाल हिंसाका घटना बढ्दो क्रममा रहेकाले त्यसलाई न्यूनीकरण गर्नमा आफ्नो कार्यकाल केन्द्रित रहने बताउनुभएको छ ।

सुनसरीको ग्रामीण क्षेत्रका नागरिकसँग भएको मंगलबारको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री हकले सो कुरा बताउनुभएको हो ।

उहाँले देशमा शिक्षाको अभावका कारण महिला तथा बालबालिका हिंसाको सिकार बनेको र मानव बेचविखन समेतका घटना बढेको तथ्यांकले देखाएकाले त्यसको न्यूनीकरणमा आफ्नो कार्यकाल केन्द्रित गर्ने बताउनुभयो ।

फरक प्रसंगमा बोल्नुहुँदै राज्यमन्त्री हकले तेस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित समयमै सम्पन्न हुने बताउनुभयो । अहिलेको सरकार निर्वाचन गराउनका लागि नै गठन भएकाले सरकारले माघ ७ गतेभित्रै सबै चुनाव सम्पन्न गर्ने दाबी पनि उहाँले गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्