Logo

संविधानमा नेपाललाई ‘हिन्दु अधिराज्य र बुद्धको जन्मभूमि’ लेख्न माग



काठमाडौं, १४ भदौ । राष्ट्रिय शिवसेना पार्टीले नेपाललाई वैद्धिक सनातन हिन्दु अधिराज्य घोषणा गर्नको लागि सरकारसँग माग गरेको छ। रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय शिवसेना पार्टीले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो ।

पार्टीका अध्यक्ष बिक्रम बहादुर बमले नेपाललाई वैद्धिक सनातन हिन्दु अधिराज्य,वुद्धको जन्मभूमि भनेर संविधानमै अपरिवर्तन धारमा लेख्नको लागि सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष बमले भने,‘संवैधानिक राजसंस्थालाई केन्द्र र प्रदेशको निर्वाचन पूर्व नै निरन्तरता दिई मुलुकको विषम परिस्थितिको राजनीतिलाई निकास दिनुपर्छ, यदि यसो भएन भने, हाम्रो मुलुक नरहने पक्का छ, सोमालिया, अफगानिस्तान हुनसक्छ, यो देश विभाजन, विखण्डन र विघटन हुनसक्छ, यसो हुन नदिनको लागि हामी निरन्तर आन्दोलनमा छौ।’

संयोजक सिद्धार्थ अधिकारीले यहि भदौ २८ गते माथि उल्लेखित माग सहित भष्ट्रचारका विरुद्धमा अख्तियार घेर्ने कार्यक्रम राखेको जानकारी दिएका छन् । संयोजक अधिकारीले भने,‘भष्ट्रचारको अन्त्य नभएसम्म हाम्रो मुलुकको कुनै पनि विकास असम्भव छ, मुलुकमा भष्ट्रचारको विगविगी खुब मौलाएको छ, यसको अन्त्यको लागि हाम्रो पार्टीले प्रधानमन्त्रीलाई १५ बुँदेमाग सहित ज्ञापन पत्र बुझाएका थियौँ, त्यसको सुनुवाई नभएको कारण हामी सडक र आन्दोलन रोज्न बाध्य भएका छौ।’

राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष समेत रहेका अधिकारीले राष्ट्रिय शिवसेना पार्टीसँगको एकिकरणले मुलुकलाई गम्भिर दुर्घटनाबाट जोगाउनको लागि शसक्त भूमिका खेल्ने दावि गरे। विभिन्न पार्टी परितयाग गरि नेपाल राष्ट्रवादी पार्टीका वरिष्ठ उपाध्यक्ष सुरेश कार्की लगायत ७ जना केन्द्रिय सदस्य, शिवसेना नेपाल पार्टीका केन्द्रीय सदस्य लोेकेन्द्र सिंह लगायत १८ जना, राप्रपाबाट १२ जना, माओवादी केन्द्रबाट ३ जना लगायत विभिन्न पार्टीबाट राष्ट्रिय शिवसेना पार्टीमा प्रवेश गरेका छन् ।

राष्ट्रिय शिवसेना पार्टी र राष्ट्रिय नागरिक पार्टीको एकिकरणसँगै नेपाललाई हिन्दु अधिराज्य, वुद्धको जन्मभूमि संविधानमा लेखाउनको लागि आन्दोलनको घोषणा गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्