Logo

भोलि देखि ३ दिने अन्तराष्ट्रि धार्मीक सम्मेलन हुने



काठमाडौँ, १४ भदौ । हिन्दु यूवा बाहिनी नेपालको आयोजनामा हरिबोल भट्टराईको नेतृत्वमा राजधानीको वाल्मीकि विद्यापिठबाट निस्केको मोटरसाईकल प्रदर्शनिमार्ग, सुन्धानरा, त्रिपुरेश्वर, थापाथली, माईति घर हुँदै नयाँ बानेश्वर पुगेर कोर्ण सभामा परिणत भएको थियो ।

मुलुकमा वैदिक सनातन मौलिक मूल्य मान्यता, पूर्वीय दर्शन, हिन्दूत्व र संस्कृतिको संरक्षणका साथै नेपाललाई सनतान हिन्दू राष्ट्रका रुपमा पुनःस्थाना गर्ने उद्देश्यले रहेको संयोजक भट्टराईले जानकारी दिए।

नेपाललाई संविधानत सनातन हिन्दुराज्य कायम गराउने, गो बंशको रक्षा गराउने, धर्म परिर्वतनलाई रोक्ने, रोक्न लगाउने, स्व राष्ट्र स्व धर्म स्वाभिमान र स्वतन्त्रताको वकालत गर्ने जस्ता उद्देश्यहरु सहित पशुपतिको बनकालिका स्थित समार्गी भवनमा भदौ १५ देखि १६ गतेसम्म हुने अन्तराष्ट्रि वैद्धिक सनातन हिन्दु सम्मेलनको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot