Logo

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा.कोइराला



काठमाडौँ, १४ भदौ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा शिवरामप्रसाद कोइराला नियुक्त हुनुभएको छ । बैकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गर्नुभएका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गर्नुभएको थियो । उहाँ वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिनुहुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्