Logo

परराष्ट्र मामिलामा सबैको समान धारणा हुनुपर्छः परराष्ट्रमन्त्री महरा



काठमाडौँ, १४ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय मामिलामा सरकार र पत्रकारको दृष्टिकोण एकै हुनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँले भन्नुभयो – “परराष्ट्र नीतिका सम्बन्धमा मुलुकका सबै निकायका धारणामा एकरुपता ल्याउनुपर्छ ।”

सो अवसरमा परराष्ट्र सचिव शंकरदास बैरागीले मुलुकको विदेश नीतिका सम्बन्धमा पत्रकार महासंघले धारणा राख्दा परराष्ट्र मन्त्रालयसँग मेल खानु पर्ने बताउनुभयो ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, नागरिक हित र राष्ट्रको पक्षमा पत्रकार महासंघ सधैँ उभिने वचनबद्धता प्रकट गर्नुुभयो । उहाँले महासंघ लोकतन्त्रको हितमा निरन्तर लाग्ने पनि बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले ठूलो÷सानो तथा सम्पन्न÷विपन्न जस्तोसुकै मुलुक भए पनि मुलुकको विदेशी नीतिबारे एकै प्रकारको विचार प्रवाह हुनुपर्नेमा जोड दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot