Logo

जहाँ टर्च बालेर सुत्केरीको उपचार गरिन्छ



काठमाडौं १५ भदौ । दार्माकोटस्थित स्वास्थ्य चौकीमा विद्युतसेवा नहुँदा उपचार प्रभावित भएको छ । रातको समयमा काम गर्न मुस्किल पर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।

युरोपियन युनियनको अनुदानमा जडान गरिउको ६ सय वाटको सोलार महिनादिन नबित्दै बिग्रिएपछि समस्या थपिएको खबर आजको कान्तिपुरमा छ ।

विद्युत नहुँदाको प्रभाव विशेष गरी प्रसूतिसेवा र खोप भण्डारणमा देखिन्छ । अनमी झरना ओलीले रातको समयमा प्रसूतिका लागि ल्याइएकालाई टर्च बालेर उपचार गर्नुपरेको बताइन् ।

‘बत्ती अभावमा उपकरण चलाउन समस्या छ’ उनले भनिन्, ‘सुत्केरी हुन आएका महिलाका आफन्तले ल्याएका टर्च प्रयोग गरी सेवा दिइरहेका छौं ।’



प्रतिक्रिया दिनुहोस्