काठमाडौं १७ भदौ । मुख दलका शिर्ष नेताहरुको निर्देशनमै पूर्वाधारविहीन, विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेज लाई त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले सम्बन्धन दिएको खुलेको छ ।
विवादास्पद निर्णयमा हस्ताक्षरकर्तामध्ये त्रिवि कार्यकारी परिषदका एक सदस्यले प्रमुख लदका नेताले सम्बन्धन दिन आफूहरुलाई निर्देशन दिएको खुलासा गरेका हुन् । आजको कान्तिपुरमा खबर छ ।
त्रिवि कार्यकारी परिषदका एक सदस्यले भने,
-हामीलाई प्रमुख दलका मुख्य नेताहरुले सम्बन्धन दिनुपर्छ भन्नुभएको हो ।
-त्यसमा एमालेका नेताहरु पनि छन्, कांग्रेस, माओवादीका पनि छन् ।
-हामीले निर्णय लेख्नुअघि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई जानकारी गराएका थियौं ।