Logo

निगम जग्गा खरिद घोटाला : सांसदलाई सुरक्षा थ्रेट, विभिन्न समूमार्फत अनावश्यक दबाब



काठमाडौं १७ भदौ । नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबीन गर्ने सांसदले आफूमाथि ‘सुरक्षा थ्रेट’ भएको बताएका छन् ।

घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दे आएका निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले अरुलाई प्रयोग गरेर छानबिन अघि नबढाउन सांसदलाई नै दबाब दिएर मनोवैज्ञानिक त्रास बढाउन थालेका हुन् ।

यसअघि पत्रकारलाई धम्की दिएका खड्काले पछिल्लो पटक शक्ति दलाल समूमार्फत दबाब दिएको सांसदले बताए । आजको नागरिकमा खबर छ ।

स्थलगत अध्ययन गरेर राजधानी फर्किएका उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद रामवीर मानन्धरले आफूमाथि सुरक्षा चुनौती थपिएको बताएका छन् ।

उनले भने,
विभिन्न मान्छेमार्फत फोन गराएर अनावश्यक दबाब आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्