Logo

क्रान्तिकारीको अध्यक्षमा तामाङ, महासचिवमा अधिकारी विजयी



काठमाडौं १७ भदौ। माओवादी केन्द्र निकट अखिल ‘क्रान्तिकारी’को अध्यक्षमा रञ्जित तामाङ विजयी भएका छन् । इतिहासमा पहिलो पटक भएको निर्वाचनबाट तामाङले अध्यक्षका प्रत्यासी अनिल शर्मालाई २२ मत झिना मतले पराजित गरेका हुन। तामाङले ८४५ र शर्माले ८२२ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । खुलातर्फबाट उपाध्यक्ष चुनिएका हुन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।

खेमबहादुर सिंहलाई पछि पार्दै महासचिवमा उत्तम अधिकारी निर्वाचित भएका छन । उपमहासचिव जीपी मैनाली, तुकमान महरा, मिलन महतरा र नरेश रेग्मी निर्वाचित भएका छन् । त्यस्तै संगठनको कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot