Logo

पर्वतको बार अध्यक्षमा शर्मा



फलेवास पर्वत, १८ भदौ । जिल्ला अदालत बार एकाइका अध्यक्षमा भोलानाथ शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ ।बार एकाइ कुश्माको शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालित १६ औँं जिल्ला अधिवेशनबाट शर्मा तेस्रो पटक अध्यक्षमा चयन हुनुभएको हो ।

चवालीसभन्दा बढी कानूनी व्यवसायीको छाता संगठन बार एकाइको अधिवेशनबाट उपाध्यक्षमा राजेन्द्र भुसाल, सचिवमा पुण्यप्रसाद सुवेदी र कोषाध्यक्षमा तेजराज चापागार्इं तथा सदस्यमा यज्ञबहादुर थापा, भीमराज सापकोटा, तुलसीप्रसाद सुवेदी, देवीप्रसाद शर्मा, जगदीश शर्मा पौडेल, दिलीप शर्मा पौडेल र लीलाधर सुवेदी चुनिनुभएको छ ।

अधिवेशनले हरिनारायण रेग्मी, चन्द्रबहादुर क्षेत्री, डम्मरु शर्मा, उदय सुवेदी र विश्वराज पाण्डेयलाई केन्द्रीय पार्षद्का रुपमा चयन गरेको छ ।

तीसौँ साधारणसभा तथा १६ औँ जिल्ला अधिवेशनले निकट भविष्यमा हुने केन्द्रीय र प्रादेशिक निर्वाचन निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, जिल्लाको विकास निर्माणमा देखिएका कानूनी जटिलताप्रति आवश्यक रायसहित सम्बन्धित निकायमा समन्वयकारी भूमिका निर्वाह गर्नेलगायत प्रस्ताव पारित गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्