Logo

सांसदले भ्रष्टलाई पनि उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव फिर्ता



 

काठमाडौं १९ भदौ । नेपाली कांग्रेस सांसदले भ्रष्टलाई पनि उम्मेदवार बन्न दिनुपर्ने प्रस्ताव फिर्ता लिएका छन् । राज्य व्यवस्था समितिको सोमबारको बैठकमा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । ढुंगानाले गृहमन्त्री जनार्दन शर्माले संशोधनका कारण ऐन पारित गर्न ढिला भए निर्वाचन नै प्रभावित हुने भन्दै फिर्ता लिन आग्रह गरेकाले एकमुष्ट फिर्ता लिएको जानकारी दिए । अब निर्वाचन विधेयक पास हुने बाटो खुलेको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कांग्रेसका १९ सांसदले एकल र संयुक्तरुपमा संशोधन हालेका थिए । विधेयकमा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा २० वर्षभन्दा बढीको सजाय पाई त्यस्तो फैसला भएको व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिने व्यवस्था छ ।

विधेयकको यो व्यवस्थामाथि कांग्रेस संसदीय दलकी सचेतक ईश्वरी न्यौपाने, कानुन विज्ञ नेता राधेश्याम अधिकारी, आनन्दप्रसाद ढुंगाना, तारामान गुरुङ, गरिबी निवारण तथा सहकारी राज्यमन्त्री चम्पादेवी खड्कालगायत १९ सांसदले राखेको एकल र संयुक्त संशोधनमा विधेयकको दमा उल्लिखित अपराधमा पाएको सजाय भुक्तान गरेको ३ वा ६ वर्षपछि उम्मेदवार हुन पाउने व्यवस्था प्रस्ताव गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot