Logo

८८ किलो सुनसहित पक्राउ



काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो ।  गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको छ ।

यतिधेरै सुन बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो ।  एक प्रहरी उच्च अधिकारीका अनुसार यो सुन  केरुङ नाकाबाट भित्रिएको आशंका गरिएको छ । यसबारे  थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्