Logo

एकताका लागि वैद्यदेखि मोहनविक्रमसम्म छलफलमा



काठमाडौं २१ भदौ । कम्युनिष्ट पार्टीभित्र तीन घटकबीच एकताका लागि ब्यापक गृहकार्य भईरहेको खुल्न आएको छ । विशेष : नेकताप क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसालबीच एकताका विषयमा शीर्षस्थ नेताबीच आन्तरिकरुपमा छलफल भईरहेको छ ।

सो पार्टीबीच राष्ट्रिय मुद्धामा कार्यगत एकता हुँदै आएको छ । विशेषत : वैद्य माओवादी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसालबीच कार्यगत एकता भएको छ ।

राष्ट्रियता जनजीविकाका सवाल र प्रत्यक्ष सरोकार राख्ने विषयमा एकता भएको सो पार्टीका शीर्षस्थ नेताहरुले बताएका छन् ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्