Logo

प्रदेश नं २ मा ६ हजार ६२७ पदका लागि १८ हजार २ सयको उम्मेदवारी



काठमाडौं २२ भदौ ।

जनकपुर उपमहानगर

कांग्रेस मेयर मनोजकुमार साह, उपमेयर नीलम कर्ण

एमाले मेयर लक्ष्मीनारायण भगत, उपमेयर पुनम मिश्रा,

माओवादी केन्द्र मेयर चन्द्रशेखर साह, उपमेयर अम्बिका यादव,

राजपा लालकिशोर साह मेयर र उपमेयर रिता झा

संघीय समाजवादी फोरम मेयर विष्णुदेव साह र उपमेयर रितादेवी यादव

लोकतान्त्रिक फोरम मेयर हंसराज गुप्ता र उपमेयर पुनम चौधरी

राप्रपा मेयर राजकुमारी साह र उपमेयर मोहम्मद युसुफ साफी

राप्रपा प्रजातान्त्रिक मेयर रूपाकुमारी ठाकुर र उपमेयर सुभम ठाकुर िजनता दल मेयर विवेश भारद्वाज

नयाँ शक्ति मेयर उमेशकुमार साह

प्रमुखमा १४ महिलाको उम्मेदवारी
धनुषाको उपमहानगरसहित पाँच नगरपालिकाको प्रमुखमा महिलाले उम्मेदवारी दिएका छन् । त्यस्तै, सप्तरीका तीन, सिरहाका दुई, सर्लाही, रौतहट र बाराका एक–एक तहको प्रमुखमा महिलाले उम्मेदवारी दिएका छन् । ठूला दलमध्ये एमालेले मात्रै दुई नगरपालिकामा महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ ।

२१ केन्द्रीय नेता स्थानीय तहका उम्मेदवार
विभिन्न दलका २१ केन्द्रीय नेता स्थानीय निर्वाचनमा उम्मेदवार बनेका छन् । धनुषामा मात्रै विभिन्न दलका ७ केन्द्रीय नेताले उम्मेदवारी दिएका छन् । ठूला दलमध्ये माओवादी केन्द्रका धेरै केन्द्रीय नेता उम्मेदवार बनेका छन् । कांग्रेसका पूर्वसांसद अजय द्विवेदी वीरगन्ज महानगरको प्रमुखका उम्मेदवार छन् ।

कांग्रेस पार्टी कार्यालयभित्रै खुकुरी हानाहान
सिरहा नगरपालिकाको मेयर छनोटमा कांग्रेसभित्र विवाद हुँदा पार्टी कार्यालयमै खुकुरी हानाहान भएको छ । टिकट पाएका डा. सुभाषचन्द्र यादव र मेयरका आकांक्षी उपेन्द्र यादव पक्षबीच झडप भएको हो । झडपमा १० कांग्रेस कार्यकर्ता घाइते भएका छन् । सुभाषचन्द्र कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवका छोरा हुन् ।

पार्टी प्रवेश गरेलगत्तै टिकट
उम्मेदवारी दर्ता गर्नुभन्दा केही घन्टाअघि मात्रै पार्टी प्रवेश गरेका तीनजनालाई माओवादीले उम्मेदवार बनाएको छ । कांग्रेसबाट आएका सिद्धार्थ यादवलाई सिरहा औरही गाउँपालिकाको र एमालेबाट आएका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिका अध्यक्षको उम्मेदवार बनाइएको छ । त्यस्तै, राजपाबाट आएका नरेन्द्र यादवलाई महोत्तरीको औरही नगरपालिकाको मेयरको टिकट दिइएको छ ।

पूर्वमन्त्री पनि उम्मेदवार
राजविराज नगरपालिकामा पूर्वसहायकमन्त्री अनिस अन्सारी माओवादीबाट मेयरका उम्मेदवार बनेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहका छोरा शैलेश हनुमाननगर–कंकालिनी नगरपालिकाको मेयरको उम्मेदवार बनेका छन्।

जितपुर–सिमरा उपमहानगर
कांग्रेस मेयर कृष्णव्रत सिंह, उपमेयर नारायणी रायमाझी

एमाले मेयर डा. कृष्ण पौडेल, उपमेयर सरस्वती चौधरी

माओवादी मेयर राजन पौडेल, उपमेयर गायत्रीदेवी थरुनी

राप्रपा मेयर सोमराज उप्रेती

राजमो मेयर धर्मानन्द उपाध्याय, उपमेयर सावित्री अधिकारी

विवेकशील मेयर टंक घिमिरे

कलैया उपमहानगर

कांग्रेस मेयर राजेश राय यादव, उपमेयर रहिमा खातुन

माओवादी मेयर मुकेश साह, उपमेयर नज्मा खातुन

एमाले मेयर विनोद साह, उपमेयर प्रतिमा यादव

राजपा मेयर जयप्रकाशप्रसाद साह, उपमेयर पिंकी यादव

संघीय समाजवादी फोरम मेयर प्रमोद गुप्ता

श्रीमान् मेयर श्रीमती उपमेयर उम्मेदवार

धनुषाको हंसपुर नगरपालिकामा राप्रपा (प्रजातान्त्रिक) बाट रामआशिष यादव मेयरका उम्मेदवार छन् । उनकी पत्नी आरतीदेवी यादव सोही पार्टीबाट उपमेयरकी उम्मेदवार भएकी छिन् । रामआशिष पार्टीको धनुषा निर्वाचन क्षेत्र नम्बर २ का अध्यक्ष हुन् । सोही कमिटीमा आरती सदस्य छिन् ।

महानगरमा व्यापारी उम्मेदवार धेरै
वीरगन्ज महानगरको मेयरमा धेरै उम्मेदवार उद्योगी–व्यापारी र धनाढ्य छन् । दलहरूले पनि सकेसम्म धनाढ्य उम्मेदवारको खोजी गरेका छन् । उनीहरूले महानगरमा प्रभावशाली नेताभन्दा पैसावाललाई महत्व दिएका छन् । १८ जनाले मेयरमा उम्मेदवारी दिएका छन्। नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्