Logo

जहाँ विद्यार्थीले नै पढाउँछन्



काठमाडौं २३ भदौ । धेरै विद्यालयका कक्षाकोठामा शिक्षकहरु पढाईरहेका हुन्छन् ।  रुपन्देहीमा यौटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थीले नै सहपाठीहरुलाई पढाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन् । बुटवलको कालिका माविले यस्तो अभ्यास गरेको हो । विद्यालयले हरेक कक्षामा ५ देखि ७ वटा समुह बनाएको छ । उक्त समुहमा ७ विद्यार्थी हुन्छन् ।  ती समुहले शिक्षकको सहयोगमा पालैपालो कक्षा चलाउँछन् ।, आजको कान्तिपुरमा यो खबर छ ।



प्रतिक्रिया दिनुहोस्