Logo

प्रि–स्कुल एजुकेटर्स नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भोली



काठमाडौं, २३ भदौ । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को प्रथम राष्ट्रिय महाधिवेशन भोली राजधानिमा शुरु हुदैछ ।
योगम्बर पार्टि प्यालेस सिहदरवारमा हुने महाधिवेशनको शिक्षा राज्य मन्त्री शेष नाथ अधिकारीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको अपेनका अध्यक्ष वद«ी प्रसाद दाहाले जानकारी दिनुभयो ।

महाधिवेशनमा देशभरिबाट करिब ४०० प्रतिनिधिहरुको सहभागीता रहने अध्यक्ष दाहालले बताउनुभयो । एशोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) विधिवत रुपमा दर्ता भई देशैभर छरिएर रहेका प्रि–स्कुल, बाल विकास केन्द«, किन्डर गार्डेन तथा मन्टेश्वरी स्कुल लगायत पूर्व प्राथमिक शिक्षाको क्षेत्रमा कार्यरत संस्थाहरुको हक–हित तथा लगानीको सुरक्षालाई प्रत्याभूत गर्दै पेशागत विकासलाई प्राथमिकतामा राख्दै स्थापना गरिएको छाता संगठन रहेको उहाँले बताउनुयो ।

नेपालभरि निजी र सामुदायिक गरी करिव ३६ हजार भन्दा बढी पूर्व प्राथमिक विद्यालय तथा बाल विकास केन्द«हरु रहेको र एक लाख भन्दा बढी जनशक्ति संलग्न तथा आश्रित यस क्षेत्रमा निजी स्तरमै करिब ३५ अर्व भन्दा बढीको लगानी रहेकोे अध्यक्ष दाहाले बताउनुभयो ।

एक देखि ७ वर्ष उमेर समुह (जुन बालबालिको सर्वाङगीण विकासकालागी अत्यन्तै उर्वर र महत्वपूर्ण मानिन्छ) का बालबालिकाको स्याहार, चौतर्फि विकास र शिक्षा दिने कार्यमा आवद्ध यो क्षेत्रको वैज्ञानिक विकास, पेशागत हकहित र ब्यबसायीक सुरक्षा तथा विकासकालागी अपेनले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष दाहालले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्