Logo

अपेनको प्रथम राष्ट्रिय अधिवेशन राजधानीमा सम्पन्न



काठमाण्डौ, भदौ २६ । मन्टेश्वरी, किन्डरगार्टन तथा प्रि–स्कुलहरुकोे छाता संगठन अपेन को प्रथम राष्ट्रिय अधिवेशन राजधानीमा सम्पन्न भएको छ ।

अधिवेशनले बद्री प्रसाद दाहालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । केन्दि«य कार्यसमितिको महासचिवमा अभिषेक घिमिरे चयन हुनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै शिक्षा राज्यमन्त्री शेष नाथ अधिकारीले विद्यालय प्रवेशका हिसावलले पहिलो ५ वर्ष अत्यन्तै महत्वपूर्ण भएकाले अपेनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै नीति निर्माण तहदेखि कार्यान्वयन गर्ने तह सम्म सहकार्य गर्न आग्रह गर्नुभयो ।

अधिवेसनमा विशिष्ठ अतिथि रहनुभएका प्याब्सन केन्दिय महासचिव राजेन्द बानियाले प्रि स्कुल तथा सम्बद्ध शिक्षाकर्मीहरुले सामाजिक रुपान्तरणमा खेलेको महत्वपूर्ण योगदान र भूमिकाको उच्च पसंसा गर्दै प्याब्सन र अपेनबीच दाजु बहिनीको जस्तै सम्बन्ध राख्दै निजी क्षेत्रको लगानीको सुरक्षाका निम्ति एक भएर राज्यलाई नीति निर्माणको तहमा दवाव दिनुपर्नेमा जोड दिनुभयो ।

अधिवेसनमा विशिष्ठ अतिथि रहनुभएका एनप्याब्सनका केन्दिय सचिव प्रल्हाद दाहालले अपेनले आफनो उपस्थिति शसक्त रुपमा जनाउन सकोस भन्ने शुभकामना दिदै आगामी दिनमा निजि क्षेत्रका साझा सवालहरुमा एनप्याब्सन सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

त्यस्तै राष्टिय शिक्षा आयोगका सदस्य तथा पूर्व शिक्षा सचिव महाश्रम शर्माले अपेनको सफलताको शुभकामना दिदै बालबालिकालाई गुणस्तरिय शिक्षा दिने कार्यमा निजी र सार्वजनिक भनेर विभेद नगरी सबैले मिलेर गुणस्तरीय सेवा पदान गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटन शत्र शिक्षा विद, सम्बन्धीत क्षेत्रका विज्ञ तथा सरोकारवाला निकायका पादधिकारी तथा प्रतिनिधिहरुको आतिथ्यतामा योगम्बर पार्टी प्यालेस सिहदरवारमा सम्पन्न भएको थियो ।

अधिवेशनले बालबालिकाको चौतर्फी विकास, गुणस्तरिय सेवा र शिक्षा, मन्टेश्वरी, किन्डरगार्टन तथा प्रि–स्कुलहरुको लगानीको सुरक्षा, पेसागत मर्यादा तथा क्षमता अभिबृद्धि लगायत ७ बुदे काठमाण्डौ घोषणा पत्र समेत जारी गरेको छ । अधिवेशनमा २६ जिल्लाका २५० प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्