Logo

अम्बिकाको दशै गीत सार्वजनिक



काठमाडौं, २७ भदौ । गीतकार अम्बिका गुरुङको यसपालीको दशै गीत ‘आयो दशै आयो, चारै तीर खुशीयाली ल्यायो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीत संगीतमा अहोरात्र लागि परेकी एक जना सर्जक हुन । उनका अहिलेसम्म करिब ५ दर्जन भन्दा बढी गीत बजारमा आइसकेका छन ।

दशै कोसेली भने पहिलो हो । गुरुङले दशै तिहार लगत्तै अहिलेसम्म आएका गीतको कलेक्सन एल्बम निकाल्ने तयारीमा रहेको बताएकी छन ।

कृष्ण काफ्लेको स्वरमा रहेको यस दशै गीतमा संगीत पुरुषोत्तम न्यौपानेको र संगीत संयोजन मोहित मुनालको रहेको छ । शान थापाको निर्देशनमा बनेको भिडियोको सम्पादन सुप्रिम पराजुलीको र छायाङ्कन अर्जुन तिवारीको टिमले गरेको हो ।

भिडियोमा कृष्ण। बर्षा, बिकास र दिपिकाको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot