Logo

चलचित्र‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक



काठमाडौं, २७ भदौ । यो वर्षकै बहुप्रतिक्षित कात्तिक २ गते देशभर एकसाथ प्रदर्शनमा आउने रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र ‘रुद्रप्रिया’को ट्रेलर सार्वजनिक भएको छ ।

उक्त चलचित्रमा समावेश गरिएको ‘चिरवीर चिरवीर चाँचरी’ बोलको गीतबाट नै प्रतिक्षीत बनेको चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम, रोमान्स, अवरोध र द्धन्द्ध समावेश छ ।

आर्यन र रेखाको प्रेममा गायक तथा संगीतकार राजन इशान तगारो बनेको दृश्य देख्न सकिन्छ। ८ वर्षपछि स्क्रिन शेयर गरेका आर्यन र रेखाको केमेष्ट्री ट्रेलरमा लोभलाग्दो र गजब जमेको देखिन्छ ।

‘रुद्रप्रिया’लाई सुदिप, बबी र भूपाल सिंहले निर्देशन गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । चलचित्रमा सिवाकोटी सहित सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहेको छ । सञ्जय लामाले यस चलचित्रलाई खिचेका हुन् ।

यस अघि लगातार नारीप्रधान फिल्ममा अभिनय गर्दै आइरहेकी नायिका रेखा थापाले ‘रुद्रप्रिया’ पनि नारी प्रधान रहेको बताइन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी माता सरस्वती थापाले निर्माण गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot