Logo

ब्रिटिस आर्मी भर्तिमा पनि पैसाको चलखेल



काठमाडौं २८ भदौ । ईन्द थापाका छोरा बेलयाती सेनामा भर्तीका लागि परीक्षा दिएर नतिजाको पखाईमा थिए ।  नतिजा आउने दिनभन्दा साताअघि नै असफल भएको सुचना आयो ।

भदौ २४ गते रिजल्ट आउँछ भनेको थिए तर १७ गते नै फेल भयो भन्ने जानकारी पायौं, ईन्द्राले भनिन् भर्ती गराईदिएबापत ३५ देखि ४५ लाखसम्म लिने गरेको सुनेकी थिएँ, सत्य रहेछ ।

ब्रिटिस आर्मी भर्ती प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पोखरामा आयोजित पत्रकार सम्मेलनका सहभागी । तस्विर अन्नपुर्ण

भर्तीप्रति असन्तुष्टि जनाउन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आएका शिव बानियाँले दललाविरुद्ध आफुले सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोलाई गुहारेको जानकारी दिए ।, यो खबर आजकोअन्नपुर्ण पोष्टमा छ ।



प्रतिक्रिया दिनुहोस्