Logo

सुनसरी र सर्लाहीका बाढीपीडितलाई कर्मफ्लाइट्सद्धारा राहत वितरण



कौरव खत्रीः गुल्मी २९ भाद्र । प्याराग्लाइडिङ समुदायको सामाजिक शैक्षिक संस्था कर्मफ्लाइट्स फाउन्डेशन पोखराको प्रयासमा हालै तराइमा आएको बाढीबाट प्रभावित सुनसरी र सर्लाहीका पिडितहरुलाई खाद्यान्न तथा शैक्षिक सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको छ ।

सुनसरीको मध्यपश्चिम कुशाहा श्रोतकेन्द्र अन्र्तगतका ९ वटा विद्यालयहरुलाई किडनी डाइलोसिस प्रविधिबाट पानी शुद्धिकरण गर्ने २ लाख,५० हजार रकम बराबरको ५० वटा बाटर फिल्टर तथा शैक्षिक सामाग्री र खाद्यान्न वितरण गरिएको कर्मफ्लाइट्सका संस्थाका निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिए ।

यस्तै पोखरामा रहेको संस्थाले प्रत्यक्ष रुपमा स्थलगत अध्ययन गरि बाढीबाट अति प्रभावित कोशी व्यारेज पूर्व कोशी गाँउपालिका स्थित राष्ट्रिय माध्यमिक विद्यालय श्रीपुरका ५ सय, ९४ जना विद्यार्थीहरुलाई १ लाख, २७ हजार, ४ सय, ६७ रुपैया बराबर मूल्यको कपि,पेन लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

यस्तै पश्चिम कोशी सर्लाही जिल्लाको हनुमान नगर कंकाल्नी नपा ४ का ७० घरधुरीका अति पिडीत मुसहर परिवारका ४ सय जना परिवारका लागि स्थानीय शिक्षक र समाजेवी सोगिन्दार रामको पहल तथा स्थानीय भारदह प्रहरी चौकीका सुरक्षाकर्मीको रोेहवरमा रु १लाख,३ हजार,४सय,८० रुपैया बराबरको प्रतिघरपरिवारलाई एक–एक बोरा चामल र दुई–दुई किलो दाल वितरण गरिएको छ ।

यता राहत पाएपछि भने खुशी हुदै राहतले आफूहरुको प्राण धानिएको राहत संयोजक सोगिन्दर रामले जानकारी दिनुभयो । कर्मफ्लाइटसले आफ्नै प्रयास, व्याक प्याकिङ फर बेटी र नेपाल माउन्टेन एडको सहकार्यमा यो कार्य गरेको संस्थाका निर्देशक कुँवरले जानकारी दिए ।

साथै संस्थाले भूकम्प पश्चात कास्की र गोरखाका विद्यालय पुन निर्माण, पुस्तकालय स्थापना,छात्रवृत्ति तथा कम्युप्टर ल्याव निर्माण लगायत एवं विद्यालय र बालबालिकाको क्षेत्रमा समेत काम गर्दै आइरहेको संस्थाका निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्