Logo

नेपाल आर्थोस्कोपि संघले चितवनमा घुँडाको उपचार सम्बन्धि आधारभूत गोष्ठी संचालन गर्ने



चितवनमा आजदेखी घुँडाको उपचार सम्बन्धि दुइदिने आधारभूत गोष्ठी संचालन हुने भएको छ । नेपाल आर्थोस्कोपि संघ तथा आर्थोस्कोपिक संघ चितवन च्याप्टरको संयुक्त आयोजनामा संचालन हुन लागेको गोष्ठीमा देशभरका ३० जना भन्दा बढी अर्थोपेडिक सर्जनहरुको सहभागिता हुने बताइएको छ ।

सेप्टेम्बर १५ र १६ र अर्थात भाद्र ३० र ३१ गते दुइदिन संचालन हुने गोष्ठी दिग्गज र अनुभबी अर्थोपेडिक सर्जनहरुले क्यामेराको प्रयोगबाट गरिने अत्याधुनिक आर्थोस्कोपिक सर्जरी सम्बन्धि सिप र ज्ञान नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य सहित आयोजना गरीएको नेपाल आर्थोस्कोपि संघका अध्यक्ष डा। चक्रराज पाण्डेले जानकारी गराउनुभएको छ ।

गोष्ठीमा आर्थ्रोस्कोपिक सर्जरीबारे पछिल्ला उपलब्धिहरुबारे सैद्धान्तिक ज्ञान आदानप्रदान गरीनुका साथै प्रयोगात्मक अभ्यासहरु समेत गरीने बताइएको छ । जस अन्तर्गत बिशेषज्ञ अर्थ्रोपेडिक आर्थ्रोस्कोपिक सर्जनहरुले ड्राइल्याब बिधि बाट कृतिम घुँडामा अर्थ्रोस्कोप प्रयोग गरी गरीने तथा साँच्चैका बिरामीहरुको आर्थ्रोस्कोपिक सर्जरी गरी ज्ञान आदान प्रदान गरीने जनाइएको छ ।

सो गोष्टीमा आर्थ्रोस्कोपि संघका अध्यक्ष डा। चक्रराज पाण्डे, संघका महाँसचिब डा। अर्जुन लामिछाने, डा। रुपेश बैद्य, तथा आर्थ्रोस्कोपिक संघ चितवन च्याप्टरका डा। सुदिप मान बैद्य र डा। अर्जुन श्रेष्ठ लगायतले फ्याकल्टीका रुपमा कार्यपत्रहरु प्रस्तुत गर्नुहुने र ह्याण्डस् अन अभ्यास गराउनु हुने बताइएको छ । त्यसैगरी, आर्थ्रोस्कोपि संघका डा। बिनोद शेरचन ,डा। चन्द्र बहादुर मिश्र, डा। नागमणि सिं, डा। श्रवण थापा लगायतले पनि साथ दिनुहुने समाचारमा जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्