Logo

बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती : ११ पसललाई मुद्दा



काठमाडौं ३१ बैशाख । बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै आएका छन् ।

सरकारले मापदण्डविपरीत सञ्चालनमा रहेका देशभरका ११ वटा अ‍ैषधि पसललाई मुद्दा चलान गरिएको औषधि व्यवस्था विभागले बताएको छ । विभागका अनुसार दुई सय आठ वटा औषधि पसल निलम्बनमा परेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्