Logo

मनशोभा बलात्कारिलाई कडा कार्वाही नगरिए आन्दोलनमा उत्रिन्छौँ : महासचिव शाही



काठमाडौं, ३१ भदौ । काठमाडौंमा बस्दै आएका कालिकोटका युवाहरुले गत भदौ १९ गते बलात्कार पछि बिष खुवाएर हत्या गरिएकी कालिकोटकी २० वर्षिया मनशोभा न्यौपानेका बलात्कारीलाई हदैसम्मको कार्वाहीको माग गर्दै प्रर्दशनमा उत्रेका छन् ।

कर्णाली राजमार्ग अन्तरगत दैलेखको खिड्किजिउलामा सुर्खेत देखि कालिकोट जान क्रममा मनशोभा न्यौपानेलाई गाडि चालकले बलात्कार पछि विष खुवाएर हत्या गरेका थिए।

राजधानीमा बस्ने कालिकोटका युवाहरुको सक्रियतामा आयोजित बिरोध प्रदर्शनमा नेपाल तरुणदलका महासचिव भुपेन्द्रजंग शाहीले दोषिलाई तत्काल जेल चलान गरी कानुन बमोजिम कार्वाही गर्न माग गरे ।

उनले भने,‘यो जघन्य अपराध हो, दोषिलाई कडा कार्वाही गर्नको लागि सरकारसँग जोडदार माग गर्दछु, यदि दोषिलाई हदैसम्मको कार्वा गरिएन भने हामी कडा आन्दोलनमा उत्रिनेछौँ।’

बिरोध प्रदशनमा कालिकोटका सक्रिय युवाहरु प्रकाश न्यौपाने, दिपक सन्ज्याल, डा.ललितजंग शाही, भुमिका पोख्रेल, मेगराज बिष्ट, पलता गाउपालिका प्रमुख लक्षमण बम,तिलागुफा नगरपालिका उप–प्रमुख दर्शना नेपाली, कांग्रेस कालिकोटका प्रबक्ता नगेन्द्र बिष्ट लगायतको उपस्थिति रहेको थियो।

यो पनि पढ्नुस्

https://reportersnepal.com/2017/09/201994.html

 

 

 



प्रतिक्रिया दिनुहोस्