Logo

रोहिंज्या महिलामाथि यौन दुर्व्यवहारु



बिबिसी ३१ भदौ । दशौं हजार रोहिंज्याहरु हालै म्यानमारबाट भागेर बांग्लादेशमा शरण लिन पुगेका छन् । केही रोहिंज्या परिवारले महिलाहरुको बलात्कारपछि हत्या गरिएको आरोप लगाएका छन्।

बांग्लादेशका डाक्टरहरुले त्यस्तो समस्यामा परेका महिलाहरु लाजका कारण उपचारमा नआएको बताएका छन्। यो रिपोर्टमा पीडितका वास्तविक नामहरु परिवर्तन गरिएको छ। हजीरा बेगम दक्षिण पूर्वी बांग्लादेशको उकिया आइपुगेको तीन दिन भयो।

उनले भनिन्,म्यानमारको सेनाले घर घेरेको थियो। त्यसबेला भाग्न सकेका बाँचे, जो त्यहीँ रहे उनीहरुको हत्या भयो या मलाई जस्तै यौन दुर्व्यवहार भयो।

उनले भनिन्, ‘म त बलात्कृत भएपनि बाँच्न सकेँ तर त्यहाँ कैयौं त्यस्ता केटीहरुको बलात्कारपछि हत्या गरिएको छ। उनले सेनासँग उपचार मागेको तर अस्वीकृत गरिएको बताइन्। म जस्ता कैयौं महिलाले खासमा गर्भवती हुनबाट बच्न सेनासँग औषधि माग्यौं, तर उनीहरुले दिएनन्।

रोहिंज्या महिलामाथि यौन दुर्व्यवहार भएको बताइएको छ । रोहिंज्या पुरुषहरुको हत्या गर्ने गरिएको र महिलाहरुलाई यौन दुर्व्यवहारको निशाना बनाउने गरिएको उनले बताइन्।

रेहाना बेगमले आफ्नो नाबालक छोरा लिएर सीमा पार गरेकी हुन्। तर उनले आफ्नी १५ वर्षीय छोरी फेला पार्न सकेकी छैनन्।
उनले भनिन्,‘मेरी छोरीलाई सेनाले नियन्त्रणमा लियो कि भन्ने डर लागेको छ। अहिलेसम्म केही खबर छैन।

दुई हप्ता अघि म्यानमारबाट भागेका मोहम्मद इलिसासले पनि रोहिंज्या महिलाहरुले यौन दुर्व्यवहार भोगिरहेको बताएका छन्।
उनले एउटा घटना सुनाउँदै भने, उनको काखमा बच्चा थियो तर पछि मैले उनको आधा जलेको शरिर पाँच अरु शवसँग लडिरहेको देखेँ।

बांग्लादेशका डाक्टर र अरु अन्तर्राष्ट्रिय संस्थाहरुले रोहिंज्या महिला र बालबालिकालाई बांग्लादेशको कक्स बजारमा प्राथमिक उपचार गरिरहेका छ्न।

उनीहरु भन्छन् महिलाहरुले संभवत बलात्कार भएको भन्यो भने आफूलाई नराम्रो दृष्टिकोणले हेरिनेछ भन्नेबाट बच्न उपचार मागेका छैनन्।

उकियास्थित बांग्लादेशका सरकारी डाक्टर मेजबा उद्दिन अहमदले अहिलेसम्म १८ वटा बलात्कारका घटना सुनेको बताए।

वास्तविक संख्या त्यो भन्दा बढि हुने उनी ठान्छन्। स्वास्थ्य सेवा उपलब्ध गराइरहेका अरु स्वास्थ्य कार्यकर्ताबाट थुप्रै घटना सुनेकाले त्यो संख्या बढि हुने उनले ठानेका हुन्।

बांग्लादेशी स्वास्थ्य कार्यकर्ताले अहिले यौन दुर्व्यवहार पीडित महिलाहरुले उपचार पाउन् भनेर शिविर शिविरमा पुगेर खोजीनीति गरिरहेका छन्।

उपचार नगरे ती महिलाहरुको स्वास्थ्यमा गम्भीर दीर्घकालीन असर पर्न सक्ने चेतावनी स्वास्थ्य कार्यकर्ताहरुले दिएका छन्।
तर अहिलेका लागि समस्याको यकिन गर्नै मुश्किल रहेको देखिन्छ।

 



प्रतिक्रिया दिनुहोस्