Logo

पंगेनीको ‘रुदै फुल्यो मखमली’ सार्वजनिक–भिडियो सहित



काठमाडौं, ३१ भदौ । चर्चित गायक बर्दी पंगेनीको‘रुदै फुल्यो मखमली’ बोलको दशैंगीत बजारमा आएको छ । चर्चित सर्जक एकनारायण भण्डारीको लय शब्दमा तयार भएको उक्त गीतमा पंगेनीलाई गायिका देवि घर्तीले स्वरमा साथ दिएकी छिन् ।सर्जक भण्डारीले प्राकृति पनि रुन्छ भन्ने विम्ब यस गीतमा सन्देशका रुपमा प्रस्तुत गरेका छन् ।

जमरा र टिका दशैंमा रुन्छन्, तिहारमा मखमली रुन्छ भन्ने खालका बिम्बात्मक सन्देश समावेस गीतको प्रस्तुति कर्ता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष समेत रहेका जन गायक बर्दी पंगेनी हुन।

सितारा म्यूजिक प्रा.लिले बजार व्यबस्थापन गरेको ‘रुदै फुल्यो मखमली’ लाई म्यूजिक नेपाल मार्फत यूटुवमा सार्वजनिक गरिएको हो । प्रेम थापाको निर्देशन रहेको उक्त गीतमा वेदराज न्यौपाने र अनु पराजुलीको अभिनय रहेको छ । नविन घर्तीले सम्पादन गरेको गीतको भिडियो दुर्गा पौडेलले छायांकन गरेका हुन ।

 



प्रतिक्रिया दिनुहोस्