Logo

अब ३ दिनअघि विभागले गर्छ बाढीको भविष्यवाणी



काठमाडौं १ असोज । मुलुकका मुख्य नदी र जलाधार क्षेत्र आसपासमा बसोबास गर्ने स्थानीय बासिन्दा र अन्य सरोकारवाला निकायले अब बाढीबारेको सूचना तीन दिन (७२ घण्टा) अघि नै थाहा पाउने भएका छन् ।

जल तथा मौसम विज्ञान विभागले प्रत्येक घण्टाको बाढीको सूचना अद्यावधिक गर्दै आगामाी मनसुनको सुरुवातसँगै सरोकारवाला निकायलाई यस्तो सूचना सम्प्रेषण गर्ने तयारी अघि बढाएको हो ।

सप्तकोसी र पश्चिम राप्तीका विभिन्न सहायक नदीमा आगामी मनसुनको सुरुवातदेखि तीन दिन अघि नै बाढीको सूचना सम्प्रेषण गर्ने तयारी भएको विभागले जनाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।



प्रतिक्रिया दिनुहोस्