Logo

मोटरसाइकलमा मतपेटिका



काठमाडौं १ असोज । जिल्लाका केही मतदान अधिकृतले लापरबाही तरिकाले मोटरसाइकलबाट मतपेटिका ओसारेका छन् ।

जिल्लाका केही केन्द्रलाई संवेदनशील मतदानस्थल तोके पनि मतपत्र भने असुरक्षित तरिकाले लगेको भेटिएको खबर आजको कान्तिपुरमा छ ।

३ सय १८ मतदानस्थलमध्ये १ सय ४१ लाई अति संवेदनशील र १ सय ५१ लाई सवेदनशील मानेर सुरक्षा व्यवस्था मिलाइएको छ ।

मूख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारले भने,

-प्रहरी पछाडी बसेर बोक्ने गरी मोटरसाइकलमा मतपत्र सुरक्षित पठाइएको हो ।

-कसैले ढुवानी खर्च बचाउन छलेर आफैं लगेको भए भन्न सक्दिनँ ।

-सबैलाई प्रहरीको साथ लगाएर मात्र मतपत्र लग्न भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्