Logo

‘सल्यान पर्यटन’नामक पुस्तक विमोचित



सल्यान, ०१ असोज । रासस विभिन्न पर्यटकीयस्थलको चिनारी समेटिएको ‘सल्यान पर्यटन’पुस्तक शनिबार विमोचन गरिएको छ।व्यवस्थापिका–संसद्, अर्थ समितिका सभापति प्रकाश ज्वालाले कृति विमोचन गर्दै पर्यटनका लागि पर्यटकीयस्थलका बारेमा स्थानीयवासीलाई जानकारी हुनुपर्ने बताउनुभयो । पुस्तकमा धार्मिकस्थल, ताल, तथा रमणीयस्थलका बरेमा सचित्र जानकारी दिइएको छ ।

पुस्तकलाई विद्यालयमा पाठ्यपुस्तकका रुपमा प्रयोग गर्न जिल्ला शिक्षा कार्यालयलाई हस्तान्तरण गरिएको छ । जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले पुस्तकलाई जिल्लाका सबै विद्यालयमा पाठ्यसामग्रीका रुपमा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्