Logo

कुन नेताले कहाँबाट भोट हाल्दै छन् त ?



स्थानीय तहको चुनावअन्तरगत  २ नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ । मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ । मतदानको सबै तयारी पूरा भएकाले मतदान गर्न निर्वाचन आयोग आह्वान गरेको छ । २ नम्बर प्रदेशको चुनावमा धेरै शीर्ष नेताहरुले पनि भाग लिँदै छन् ।

माधवकुमार नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको गृह जिल्ला रौतहट हो । उहाँले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

सीतादेवी यादव

नेपाली कांग्रेसकी कोषाअध्यक्ष सीतादेवी यादवले सिरहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

विमलेन्द्र निधि

नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीको गृह जिल्ला धनुषा हो । उहाँले धनुषाको नगराइन नगरपालिका–२ को राजेश्वर उमावि केन्द्रबाट मत खसाल्दै हुनुहुन्छ ।

गिरिराजमणि पोखरल

स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेल मतदानका लागि हिजो नै गृह जिल्ला महोत्तरी पुगिसक्नुभएको छ । उहाँले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट भोट खसाल्दै हुनुहुन्छ ।

महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले सर्लाही बलरा नगरपालिकाबाट मतदान गर्दै हुनुहुन्छ ।

मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको गृह जिल्ला धनुषा हो । उहाँले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गर्दै हुनुहन्छ ।

राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोको मतदाता नामावली सर्लाही जिल्लामा छ । उहाँले चन्द्रनगर नगरपालिका–२, जनता उमावि केन्द्रबाट मतदान गर्नुहुन्छ ।

अनिल झा

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रौतहटको दुर्भाभगवती गाउँपालिकाबाट मतदान गर्दै हुनुहन्छ । उहाँको मतदान केन्द्र संस्कृत उमावि हो ।

महेन्द्रराय यादव

राष्ट्रिय जनता पार्टीका अर्का नेता महेन्द्रराय यादवको गृह जिल्ला सर्लाही हो । उहाँले सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थिति रामजानकी मन्द्रिर मतदान केन्द्रबाट भोट खसाल्दै हुनुहुन्छ ।

आनन्द ढुंगाना

नेपाली कांग्रेसका नेता आनन्द ढुंगाना मतदनाका लागि गृहजिल्ला धनुषा पुगिसक्नुभएको छ । उहाँले धनुषाधाम नगरपालिका–१ को गोविन्दुर केन्द्रबाट भोट खसाल्दै हुनुहन्छ ।

सत्यनारायण मण्डल

एमाले नेता सत्यनारायण मण्डलको गृह जिल्ला सप्तरी हो । उहाँले सप्तकोसी नगरपालिका–११ मा रहेको बालविकास केन्द्रबाट मतदान गर्दै हुनुहन्छ ।

प्रभु शाह

माओवादी केन्द्रका नेता एवं शहकारी विकासमन्त्री प्रभु शाहको गृह जिल्ला पनि रौतहट हो । उहाँले रौतहटको मौलापुर नगरपालिका–५ को मौतापुर केन्द्रबाट भोट खसाल्दै हुनुहन्छ ।

शरत्सिंह भण्डरी

राष्ट्रिय जनता पार्टीका नेता शरत्सिंह भण्डरीको गृह जिल्ला महोत्तरी हो । उहाँले महोत्तरी औरही नगरपालिका, औरही माविबाट मतदान गर्दै हुनुहुन्छ ।

फरमुल्ला मन्सुर

कांग्रेस नेता तथा श्रम मन्त्री फरमुल्ला मन्सुर पनि मतदानका लागि गृहजिल्ला बारा पुगिसक्नुभएको छ । उहाँले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर उमाविबाट मतदान गर्दै हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्