Logo

२ नम्बर प्रदेशमा मतगणना जारी



 

काठमाडौं ३ असोज । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहममा सोमबार भएको चुनावको मतगणना सुरु भएको छ । केही स्थानीय तहमा रातिदेखि र केही ठाउँमा बिहानबाट मतगणना सुरुभएको छ । केही ठाउँको नतिजा समेत आइसकेको छ । सुरु नभएको ठाउँमा अहिले बिहान सर्वदलीय बैठक बसेर मात्रै मतगणना सुरु गर्ने तयारी छ ।
पछिल्लो मतगणना अनुसार सिरहाको कल्याणपुण नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि रहेको छ भने सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम अघि रहेको छ । सर्लाहीको बरथवा नगरपालीका वडा नम्बर १८ मा संघिय समाजवादीले खाता खोलेको छ ।
महोत्तरीका ९ वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । पर्सामा ६ ठाउँमा मतगणना चलिरहेको छ । पर्साको वीरगंज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगररमा भने बिहानदेखि मत गन्ने तयारी छ ।
बाराका १६ वटामध्ये ७ वटामा तहमा भर्खरै मतगणना चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्